काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । उक्त पार्टीको जारी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् ।
गृहमन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिलेपछि पार्टीले मन्त्री फिर्ता बोलाउन लागेको स्रोतको भनाई छ ।
मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने तयारी रहेको ति नेताको दाबी छ ।
यसअघि स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिएको थियो ।
उक्त समय सकिएपछि शनिबार बेलुका बैठक बोलाइएको हो । यो बैठकले मन्त्रीलाई फिर्ता गर्ने निर्णय गर्ने बताईएको छ ।