स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुंगेल, लुम्बिनी संयोजकमा न्यौपाने

स्वास्थ्य पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन् । शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएका हुन् ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित भएका छन् ।

महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएका छन् । त्यसै गरी लुम्बिनी प्रदेश संयोजकमा यस हाम्रो लुम्बिनी न्युजका प्रधान संयोजक बासुदेव न्यौपाने चयन भएका छन् ।

मञ्चको नयाँ कार्यसमित सदस्यमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की रहेका छन् ।

प्रदेश संयोजक :
प्रदेश १ः जुना भट्टराई (जुनु)
मधेस प्रदेशः सुष्मा कर्ण (स्नेहा)
बागमती प्रदेशः ज्योति अधिकारी
गण्डकी प्रदेशः बिना न्यौपाने
लुम्बिनी प्रदेशः बासुदेव न्यौपाने
कर्णाली प्रदेशः कृष्ण आचार्य
सुदूरपश्चिम प्रदेश पछि कार्यसमितिले तोक्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation