शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

टर्कीको भूकम्पमा ज्यान गुमाउनेको संख्यामा तीव्र वृद्धि, कम्तीमा १७० को मृत्यु पुष्टि

टर्कीको भूकम्पको ठुलो असर देशको १० सहरमा परेको छ । टर्कीको गृहमन्त्री सुलेमानले ती सहर – कहमानमारश, हैटे, गाजिएनटेप, ओस्मानिये, अदियामान, सनलिउर्फा, मलेटिया, अदाना, दियारबाकिएर र किलिस भएको बताएका छन् ।

भूकम्पपछि प्राप्त सुरुवाती जानकारीका अनुसार यस कारण टर्की र यसका छिमेकी सिरियामा १७० भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीव्र रूपमा बढिरहेको छ ।

टर्की विपद् व्यवस्थापन विभाग एएफएडीले भूकम्पका कारण हालसम्म देशमा ७६ मानिसको मृत्यु भएको छ र ४४० मानिस घाइते छन् ।

यस्तै सिरियाली सरकारी मिडियाले अधिकारीलाई उद्धृत गर्दै यहाँ हालसम्म सयभन्दा बढी मरेको र २०० भन्दा बढी मानिस घाइते भएको खबर छ । अलेप्पोमा धेरै नै घर ढलेको खबर छ ।

सिरियाको मलेटिया सहरका गभर्नरका अनुसार भूकम्पका कारण हालसम्म २३ जनाको मृत्युको खबर छ । उनका अनुसार ४२ जना घाइते छन् र सहरमा करिब १४० घरमा क्षति पुगेको छ । उस्मानिये सहरका गभर्नरले पाँच जनाको ज्यान गएको पुष्टि गरेको छ र यसका साथै सनलिउर्फामा १७ र दियारबाकिएयरमा ६ जनाको मृत्युको खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation