बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

टर्कीमा नेपालीलाई क्षति भएको खबर छैन : नेपाली दूतावास

टर्की हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले टर्कीमा रहेका नेपालीलाई क्षति पुगेको कुनै खबर हालसम्म प्राप्त नभएको जानकारी दिएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टेपमा सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प जाँदा टर्कीमा १३ सय जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

यस्तै सोमबार दिउँसो स्थानीय समयअनुसार १ बजेर ३० मिनेट जाँदा पुन: टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । यसका साथै बिहान गएको भूकम्प यता दर्जनौं पराकम्प गएको बताइएको छ ।

टर्की मामिला हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत तपास अधिकारीले टर्कीमा रहेका नेपालीसँग नियमित सर्म्पकमा रहेको बताए । ‘हामी सूचना संकलन गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म नेपालीलाई क्षति पुगेको कुनै अप्रिय खबर आएको छैन ।’

गैरआवासीय नेपाली संघ टर्कीका अनुसार त्यहाँ झन्डै १५ सय नेपाली कार्यरत छन् । ‘प्रभावित क्षेत्रमा निकै कम नेपालीहरु छन् । उनीहरु सुरक्षित स्थानमा बसेका छन्,’ एनआरएन टर्कीका महासचिव विनोद श्रेष्ठले इकान्तिपुरसँग भने, ‘केही परकम्पहरु आइरहेको छ ।’

भूकम्प आएसँगै त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् । टर्कीमा घरेलु कामदार, विद्यार्थी र रेष्टुरेन्ट कामदार र व्यवसायीका रुपमा नेपालीहरु रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation