शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पोखरा विमान दुर्घटना – इन्जिन चलिरहेको थियो, अवतरण गर्न खोज्दा पंखाको एंगल मिलेन

पोखरामा भएको तारा एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको जानकारी दिएको हो ।

आयोगले प्रारम्भिक जानकारीसहितको विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 90 ADC जहाज अवतरण गर्ने क्रममा बेस लेख (Base Leg) मा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत: उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी यस आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा इन्जिन चलिरहेको भए पनि पंखाको एंगल नमिलेका कारण दुर्घटना भएको देखिएको जाँचबुझ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराजजंग थापाले बताए ।

‘इन्जिन चलिरहेको भए पनि अवतरणका क्रममा पंखाको ब्लेड एंगल नमिलेको जस्तो देखियो के कारणले एंगल मिलेन भन्ने विषयमा छानबिन हुन बाँकी छ,’ थापाले भने, ‘मानवीय त्रुटिका कारण त्यस्तो भयो कि प्राविधिक त्रुटिका कारण भन्ने विषयमा अनुसन्धान गर्न बाँकी छ ।’

यही माघ १ गते यती एयरको एटीआर विमान पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

प्रेस बिज्ञप्ति :

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation