दाङ । लमहीमा जारी देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव चार दिन थप गरिएको छ ।
उद्योग वाणिज्य संघ लमहीको आज बसेको बैठकले चार दिन लम्ब्याउने निर्णय गरेको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल ( विविधता पार्क) मा सञ्चालित महाेत्सव अब आगामी आइतबार २९ गते समापन हुने भएको छ ।