बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा सम्पन्न

देउखुरी । नेपाल पन्छि संरक्षण संघ लाजिम्पाट काठमाण्डौको आयोजना र कालिका सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका २ लालमटिया, उचानिम्बु सामुदायिक वन उपभोक्ता समुह सतबरिया, पारा भेटेनेरियन एण्ड लाइफ स्टक एशसिएसन दाङको समन्वयमा एक दिने गिद्ध संरक्षण सम्बन्धी पशु चिकित्सक तथा पशु प्राविधिकहरुको बीचमा अन्तर्क्रिया कार्यक्रम राप्ती गाउँपालिकाको कार्यालय मसुरियमा सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका वार्ड नं २ का वडाध्यक्ष तथा कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पहलवान चौधरीको सभापतित्वा र राप्ती गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत जीवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा नेपाल पन्छी संरक्षण संघ लाजिम्पाट काठमाण्डौका परियोजना अधिकृत भुपाल नेपाली, नेपाल पन्छी संरक्षण संघका जीवविज्ञान विभागका प्रमुख दिलीप चन्द्र तन्त लगायतले प्रकृतिको कुचिकार लोपोन्मुख पन्छी गिद्ध संरक्षणका बारेमा विविध पक्षमा प्रकाश पार्नु भएको थियो ।

सोहि कार्यक्रममा लमही नगरपालिका पशु शाखा प्राविधिक गणेश चौधरी, राजपुर गाउँपालिका पशु भेटेनरी शाखा प्रमुख दिपक राना लगायतले मेलोस्किकम, टोल्फिनेभिक, डाईक्लोफेनिक, किटोप्रोफिन, लिमोसलाइट, एशीलोक्लोफिनिक लगायतका औषधिका कारण गिद्ध लोप भइरहेको बारेमा जानकारी गराउनु भयो ।

राप्ती गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकाका ३५ जना पारा भेटेनेरिएन सहभगिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन करमदी सामुदायिक वन उपभोक्ता समुह राप्ती २ बरहाखुटीका अध्यक्ष तथा गिद्ध संरक्षण तथा पशु वृद्धआश्रम लालमटियाका अध्यक्ष यमबहादुर रोका मगरले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation