
गढवा । क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालय गढवामा चार कोठे अपाङ्गमैत्री, किशोरीमैत्री पक्की शौचालयको बुधबार शिलन्यास गरिएको छ ।
वुधवार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव र सिपि नेपालकी विद्यार्थी संयोजक दिपा चौधरीले संयुक्त रुपमा शौचालयको शिलन्यास गर्नु भएको हो ।
३७ लाख ७ हजार ३ सय ९९ रुपैयाँको लागतमा चार कोठो पक्की शौचालयको शिलन्यास गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका बिध्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनु भयो ।
शिलन्यास कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सिपि नेपालले गर्ने हरेक गतिविधि फाइदामुखी नभई सेवामुखी भएको बताउनुभयो । सिपिले गरिने हरेक क्रियाकलाप जनताको पक्षमा भएको भन्दै आगामी दिनमा पनि सहकार्य र समन्वयको लागि अनुरोध गर्नु भयो ।
शौचालयको शिलन्यास गर्दै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले क्रियटिङ पोसिबिलिटिज नेपालले बिपद लगायतको अन्य विभिन्न क्षेत्रमा गरिने सहयोग र सरहनिय रहेको बताउदै प्रशंसा गर्नु भयो ।
शिलन्यास कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी ,शिक्षा शाखा प्रमुख श्याम विक,गढवा गाउँपालिकाका सव-इन्जिनियर चन्द्रप्रकाश वलि, सिपि नेपालका विद्यार्थी संयोजक दिपा चौधरी ,श्याम चौधरी र हेमराज शर्मा लगायत विद्यालय ब्यवस्थापन समिती तथा शिक्षक अभिभावक संघ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।