राजमो राजपुर द्वारा विरोध सभा सम्पन्न

देउखुरी । राष्ट्रिय जनमोर्चा राजपुर गाउँकमिटीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघियता खारेज गरौ भन्दै बिहिवार दाङको राजपुर गाउँपालिका वार्ड नं ५ जङ्ग्रहवामा विरोध सभा सम्पन्न गरेकाे छ ।

विरोध सभाका प्रमुख अतिथि तथा राजमो जिल्ला समिति दाङका सदस्य कपिलदेव खनालले सम्वोधन गर्दै नेपाली जनताले विगत ७० वर्ष देखि संघर्ष गरेर प्राप्त गरेको गणतान्त्रिक आन्दोलनमा संघियताको माग थिएन भन्नु हुँदै भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनहरुको इशारामा जबर्जस्ती संघीयता लादिएको र त्यसको खारेजीको लागि सिंगो देश आन्दोलित हुनुपर्ने बताउनु भयो ।

राजमो राजपुर एरिया कमिटीका अध्यक्ष टेक बहादुर बुढाको अध्यक्षता एवं उपाध्यक्ष दिलबहादुर घर्तीको स्वागत मन्तव्य र सहिद प्रति एक मिनेट मौनधारण गरी शुरु भएको विरोध सभालाई जिल्ला उपाध्यक्ष महेश रिजाल, एरिया कमिटीका सल्लाहकार जुमानसिंह घर्ती लगायतले सम्वोधन गर्नु भएको थियो ।

त्यसैगरी विरोध सभालाई जातिय समतासमाजका सदस्य खडक नेपाली, गोपाल बिक, राजमो जिल्ला सदस्य राम फकिरे रैदास, राजमो राजपुर वार्ड नं ६ का अध्यक्ष लुद्रबहादुर बुढा लगायतले सम्वोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन एरिया सदस्य रनबहादुर बुढा (सुनिल) ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation