
देउखुरी । दाङको देउखुरीमा विद्यार्थीहरु चडेको ट्याक्टरबाट खसेर लालमटियामा एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।
राप्ती गाउँपालिका २ लालमटियामा बिहीबार विहान लु ४ प ५१०१ नम्बरको ट्याक्टरबाट खसेर राप्ती गाउँपालिका ५ करङ्गेकोट निवासी १३ वर्षिय छात्रा सरिता थापा मगर गम्भीर घाइते भएकी हुन् ।
बिहीबार देखि लालमटियामा सुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जादै गर्दा थापा मगर ट्याक्टरबाट खसेर घाइते भएकी इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । जनता आधारभुत करङ्गेकोटबाट थापा मगरसहित ट्याक्टरमा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जादै थिए । घाइते थापा मगर जनता आधारभुत करङ्गेकोटमा कक्षा ७ मा अध्ययनरत छिन् ।
टाउकोमा गहिरो चोट लागेको थापा मगरलाई लालमटियामा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ भने ट्याक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।