दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर कमिटीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघियता खारेज गरौ भन्दै आज घोराहीको तुलसीपुर चोकमा विरोध सभा सम्पन्न गरेकाे छ ।
विरोध सभाका प्रमुख अतिथि नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले सम्वोधन गर्दै यो देश र नेपाली जनताको लागि संघीयता विष वृक्ष हो । संघीयता खारेज नहुन्जेल सम्म यो देशको आर्थिक प्रणालीलाई माथि उठाउन सकिँदैन । त्यसैले संघीयता खारेज गर्न नेपाली जनता जागरुक र एकताबद्ध हुन् आवश्यक रहेको भण्डारीले बताउनु भयो ।
राजमो सदस्य तथा महिला नेत्री कृष्णा रानाले कालाबजारी, महंगी, भ्रष्टचार, गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा राष्ट्रिय जनमोर्चा निरन्तर लागिरहेको बताउनु भयो ।
सहिद प्रति एक मिनेट मौनधारण गरी शुरु भएको कार्यक्रमको सञ्चालन राजमो घोराही उपमहानगर कमिटी सचिव मनिराम खनालले गर्नु भएको थियो ।