आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो, उद्धार कार्य जारी

गत सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा आएको भूकम्पमा परी हालसम्म टर्कीमा २० हजार २१३ र सिरियामा ३ हजार ५०० जनाको मृत्यु भएको हो ।

उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन् । टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्प पीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । यसैबीच, अमेरिकले भूकम्पबाट प्रभावित टर्की र सिरियालाई ८ करोड ५० लाख डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको यो सहयोग खाद्यान्न, पानी र स्वास्थ्य सामग्रीका लागि प्रयोग गरिने छ । साथै, जाडोबाट जोगिनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation