सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर उनको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो । त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation