देउखुरी । दाङको राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभाकाे दाेस्राे (हिउँदे) अधिवेशन आइतबार अर्थात् माघ २९ गते गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा विभिन्न २० ओटा विधेयकहरु माथि दफावार छलफल भई संशोधन सहित पारित भएका छन् ।
गत पुस २९ गते देखि शुरुआत भएको सभा पटकपटक गरि चारपटक बसेकाे थियो ।सभामा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पेश गर्नु भएको गाउँपालिकाको पुरक विनियोजन विधेयक २०७९, सभा सदस्य विर बहादुर चौधरीले पेश गर्नु भएको गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम संशोधन, रकमान्तर र स्रोतान्तर प्रस्ताव २०७९ विधेयक शंसाेधन सहित सर्वसम्मतले पारित भएको छ ।
त्यस्तै विष्णुप्रसाद पोख्रेलले पेश गर्नु भएको गाउँसभाको सार्वजनिक लेखा समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा २०७९, रञ्जना सुनामले गर्नु भएको गाउँसभाको विधायन समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा २०७९, मन बहादुर पुनले पेश गर्नु भएको गाउँसभाको दिगो विकास तथा सुशासन समितिको गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९, देवप्रसाद चौधरीले पेश गर्नु भएको गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक २०७९ र गीता चौधरीले पेश गर्नु भएको गाउँपालिकाको केहि स्थानीय ऐन संशोधन विधेयक २०७९ पनि सर्वसम्मत पारित भएको छ ।
सभाका सदस्य सिताराम चाैधरीले पेश गर्नु भएको गाउँपलिकाकाे संस्था दर्ता विधेयक २०७९, गेमे खड्काले पेश गर्नु भएको कृषि व्यवसाय प्रबर्धन ऐन २०७५ काे संशोधन विधेयक २०७९, पहलमान चाैधरीले पेश गर्नु भएको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७५ काे संशोधन विधेयक २०७९ र गिता चाैधरीले पेश गर्नु भएको आर्थिक ऐन २०७९ संशोधन सम्बन्धि विधेयक २०७९ सर्वसम्मत रुपमा पारित भएकाे छ ।
त्यस्तै सभाका सदस्य चम्फा भुषालले पेश गर्नु भएको राप्ती गाउँपालिकाको सहकारी ऐन २०७५ संशोधन विधेयक २०७९,उमेश अधिकारीले पेश गर्नु भएको राप्ती गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व विधेयक २०७९ र पार्वती सुवेदीले प्रस्तुत गर्नु भएको राप्ती गाउँपालिकाको तथ्याङ्क अभिलेख व्यवस्थापन विधेयक २०७९ विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
त्यस्तै सभामा सभा सदस्य चन्द्र बहादुर गुरुङले प्रस्तुत गर्नु भएको स्थानीय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक २०७९, दिपक कुमार चौधरीले प्रस्तुत गर्नु भएको राप्ती गाउँपालिकाको स्थानीय औधोगिक व्यवसाय सम्बन्धी विधेयक २०७९, रिम बहादुर सुनारी मगरले पस्तुत गर्नु भएको राप्ती गाउँपालिकाकाे एफ.एम रेडियाे सञ्चालन विधेयक २०७९, सावित्रा चौधरीले प्रस्तुत गर्नु भएको राप्ती गाउँपालिकाको सार्वजनिक नीजि साझेदारी तथा लगानी सम्बन्धी विधेयक २०७९, दधि बहादुर बराल मगरले प्रस्तुत गर्नु भएको राप्ती गाउँपालिकाको आकस्मिक कार्य सञ्चालन विधेयक २०७९ र राेशन चाैधरी प्रस्तुत गर्नु भएको वडघर प्रथा संरक्षण सम्बन्धी विधेयक २०७९ संशोधन सहित सर्वसम्मत रुपमा पारित भएको छ ।
साे अवसरमा प्रस्तुत विधेयक माथि सभा सदस्यहरूले उठाएको प्रश्नकाे जवाफ सम्बन्धि विधेयक प्रस्तुतकर्ताहरुले दिनुभएको थियो ।
त्यस्तै सभाले राेशन चाैधरी संयाेजक रहेकाे पाँच सदस्य सार्वजनिक लेखा समिति गठन गरेकाे छ। जसको सदस्यहरुमा अलिमाेहमद मियाँ, सावित्री परियार, मनबहादुर पुन मगर र चम्फा पुन मगर रहेका छन् । त्यस्तै भेलाले विष्णु पाेख्रेल संयाेजक रहेको पाँच सदस्य विधायन समिति समेत गठन गरेकाे छ । जसको सदस्यहरुमा दधि बहादुर बराल मगर, तुलसी विक, भुपलाल थापा मगर र रन्जना सुनाम रहेका छन् भने बलिराम चाैधरी संयाेजक रहेकाे पाँच सदस्य दिगाे विकास तथा सुशासन समिति पनि गठन गरेकाे छ। जसकाे सदस्यहरुमा पिमा गाहा मगर, सान्त बहादुर चाैधरी, बालिका सुनार र ज्ञान बहादुर चाैधरी रहेका छन् ।
हरेक आर्थिक वर्षको बजेट अधिवेशनबाट पारित भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा ऐन नियमहरु निर्माण गर्नको लागि हिउदे अधिवेशनलाई महत्वका साथ लिने गरिन्छ ।