भालुबाङ । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले साेमबार देशैभर विरोधको कार्यक्रम गरेका छन् ।
विरोध कार्यक्रमअनुसार लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष गगन विकको नेतृत्वमा भालुवाङमा पनि विरोध कार्यक्रमकाे आयाेजना भएकाे छ ।
उनीहरूले सडकमा दीप प्रज्ज्वलन गरेका थिए । १२ बजे देखि २ बजेसम्म सडकमा दीप प्रज्जवलन, सडकमा सुत्ने लगायतका कार्यक्रम, सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था, समाजवादी अर्थतन्त्रको विकासलगायतका माग गर्दै संघर्ष गरीरहेको दाङ जिल्ला संघर्ष समितिका अध्यक्ष सीताराम यादवले जानकारी दिए ।
संघर्ष समितिले नेपाल सरकारले आफ्ना मागको सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् ।