शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

डिआईजी राईको निर्देशन पछी दाङमा स्कुटर चोरी प्रकरण छानबिन समितिगठन

दाङ । स्कुटर चोरीमा संलग्न युवालाई बचाएको आरोप लागेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानबिन गर्न समिति बनाएको छ ।

उक्त विषयमा समाचार प्रकाशन भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजि टेकप्रसाद राईले घटनाबारे ध्यानाकर्षण भइसकेको भन्दै घटनाबारे यथार्थ छानबिन गर्न आफुले निर्देशन दिइसकेको बताए ।

घोराहीको मुख्य चोक बिपिचोक नजिकै रहेको टिभिएस शोरुमबाट दिउसै स्कुटर चोरी भएको र चोरीमा संलग्न युवालाई प्रहरीले मुद्धा नचलाई छाडेको समाचार सार्बजनिक भएको थियो । लुम्बिनी प्रदेशका डिआईजी राईले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएको बारे छानबिन गरेर कारबाही गर्न एसपीलाई निर्देशन दिएका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख राईले प्रदेश प्रहरीमा कार्यरत एसपि नबरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए । उनले पौडेल नेतृत्वको छानबिन समितिलाई एक हप्ता भित्र प्रतिबेदन पेश गर्न निर्देशन दिंदै यदि चोरी घटनामा प्रहरीको मिलेमतोमा भेटिए माथिल्लोदेखि तल्लो दर्जाका जुन कुनै प्रहरीलाई कारबाही गर्ने चेतावानी दिए ।

यो घटनाले प्रहरी संगठनमाथि प्रश्न चिन्ह खडा भएकाले प्रहरीकै मिलेमतोमा चोरि घटनाको अभियुक्त मुद्धा नचलाई छुटेको भए घटनामा संलग्न जो कोहि पनि कारबाही दायरामा आउने उनले बताए । गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपिचोकको टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगेपछि शोरुम सन्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिएका थिए ।

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गरे । बिष्टले सिसि क्यामरा फुटेजसहित निवेदन सोहि दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाए । त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सिसिटिभि फुटेजको सहारामा स्कुटि चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरिमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटि चोरिमा संलग्न ब्यक्तिलाई मुद्धा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ । रानालाई छुटाउन गणेश नेपालीले जिप्रका पुगेर दबाब दिएको प्रहरी स्रोतको दावी छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताएका थिए । प्रहरीको यो कार्य शंकास्पद रहेको भन्दै यस्तै चोरीका घटना भएमा यस्तै नजिर दोहोरिए के गर्ने भन्ने आम सरोकारवालाले प्रश्न गरेका छन । कुनै पनि घटनामा प्रहरीले लिखित जाहेरी नआए प्रहरी प्रतिबेदनका आधारमा मुद्धा चलाउने गर्छ, तर प्रहरीले यो घटनामा मुद्धा नचलाई छोड्दा चौतर्फी चासो प्रकट भएको छ । यता स्कुटी चोरीको घटना क्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली बिदामा बस्नु भएको थियो एसपी वली भन्छन् यो घटना हुने बेला जिल्लामा थिएन पुजाको लागि घरमा थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation