मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

समस्या पर्यो ? अब चिन्ता नलिनुस, गुनासो सुन्न राप्ती गाउँपालिकामा टोल फ्रि नम्बर सञ्चालनमा

दाङको राप्ती गाउँ पालिकाले गाउँबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ ।

गाउँबासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर १६६०८२१८२२१ मा फोन गरेर टिपाउन सक्ने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।                                                               

गरिव, दिन दु:खीहरूका गुनासा सुन्न तथा जोखिममा परेका समुदायको समस्या लगायत गाउँबासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको अध्यक्ष विष्टले बताए ।

बेलुका ६ बजे देखि ८ बजे सम्म यो टोल फ्रि नम्बर अध्यक्ष आफै सँग हुने र बाँकी समय कार्यालयमा रहने भएकाले आफुलाई उपयुक्त पर्ने समयमा फोन गरेर गुनासो टिपाउन तथा सुझाव दिन सकिने अध्यक्ष विष्टले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation