बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

उद्याेग बाणिज्य संघ गढवाद्वारा ट्राफिक ब्यवस्थापनका लागि सेताे मार्किङ्ग कार्य शुरू

गढवा । उद्याेग बाणिज्य संघ गढवाले गढवा बजार क्षेत्रमा ट्राफिक ब्यवस्थापनका लागि सेताे मार्किङ्ग कार्य शुरू गरेकाे छ ।

अव्यवस्थित पार्किङ भई बजार साघुरिदै गएकाे भनि बजार क्षेत्र अन्तर्गत पश्चिममा बुद्ध ज्याेति चाेक देखि पुर्वमा सर्बाेदय चाेक सम्म सेताे मार्किङ्ग गरि ट्राफिक व्यवस्थापन गरिने संघका अध्यक्ष खिम बहादुर बुढा मगरले जानकारी दिनुभयाे ।

गढवा उद्याेग बाणिज्य संघकाे आयाेजना तथा ईलाका प्रहरी कार्यालय गढवा र अस्थायि ट्राफिक कार्यालय गढवा काे सहयाेग तथा समन्वयमा सेताे मार्किङ्ग कार्यक्रम शुरू भएकाे हाे ।

सेताे मार्किङ्ग कार्य सम्पन्न पश्चात् माेटर बाईक तथा साईकलहरू साे मार्किङ्ग क्षेत्र भन्दा भित्र पार्किङ हुनुपर्ने र जसबाट बजार क्षेत्रमा हुने दुर्घटनाकमी कमी हुने अस्थायी ट्राफिक कार्यालय गढवाका प्रमुख जित बहादुर वलिले बताउनु भयाे ।

मार्किङ्ग कार्य सम्पन्न भई पहिलाे चरणमा मार्किङ्ग क्षेत्र भित्र माेटर बाईक राख्न सुझाव दिने र साे कार्य हुदा पनि पार्किङ क्षेत्र भन्दा बाहिर माेटर बाईक पार्किङ भएमा जरिवाना समेत गरिने प्रमुख वलिले बताउनु भयाे ।

पार्किङ लाई ब्यवस्थित गरि सम्भावित दुर्घटना न्युनिकरण गर्नका लागि याे अभियान थालियकाे गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष ओम प्रकाश बस्यालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation