आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नेकपा पश्चिम र पुर्वी दाङले भोलि तुलसीपुर र घोराहीमा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध बिरोध प्रदर्शन गर्ने

दाङ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङ जिल्लाले भाेलि फागुन ५ गते प्रदर्शन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र घोराहीमा प्रदर्शन गर्न लागेको नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मलले जानकारी दिनुभएको छ ।

वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे, मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको व्याज मिनाहा गर लगायतका नारासहित प्रदर्शन गर्न लागिएको नेकपाले जनाएको छ ।

‘एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरिने नेकपा दाङले जनाएको छ ।

नेकपा पश्चिम दाङले भोलि तुलसीपुरका विभिन्न चोक परिक्रमा गर्दै बिरोध प्रदर्शन बिहान ठिक ११ बजे बिपि चोकमा पुगेर सभामा परिणत हुने बताएको छ । सभालाइ नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै नेकपा पुर्वी दाङले दिउँसो ठिक १ बजे घोराहीमा हुने बिरोध प्रदर्शनमा सहभागिताका लागि बिज्ञप्ति जारी गरेर उधोगी , व्यवसायी , बुद्दिजिवी , नागरिक समाज लघुवित्त पिडितहरु , मिटरव्याजी पिडितहरु , सरोकारवाला सबै जनसमुदायहरुलाइ हार्दिक अपिल गरेको छ ।

बैंकहरुको चर्को व्याज, सेवा शुल्क र लघुवित्त संस्थाहरुले गरेको शोषण , मिटर व्याज विरुद्धमा नेकपाले दाङ लगाएत देशभर प्रदर्शन गर्न लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation