काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘भाइरलम्यान’ डिल्लीराम खनाललाई पक्राउ गरेको छ । उनलाई बिहीबार मध्यान्ह १२ बजे बानेश्वरबाट नियन्त्रणमा लिएको साइबर ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।
केही दिन अघि युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
खनाललाई जिल्ला अदालतमा म्याद थप्नका लागि लगिएको ब्यूरोले जनाएको छ ।
खड्गीले पछिल्लो समय चरित्र हत्या गर्ने विभिन्न व्यक्तिलाई तीव्र रुपमा नियन्त्रणमा लिन थालेको बताए । ‘कसैको चरित्र हत्या गर्ने उद्देश्यले बोल्नेलाई र उजुरी परेमा गम्भीरताका साथ अध्ययन गरी कारबाही गर्न थालेका छौ,’ उनले भने ।