बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

महाशिवरात्रीका अवसरमा शनिवार होटल पौवाका सबै शाखामा भजन कार्यक्रम

देउखुरी । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीको अवसरमा होटल पौवाले भजनकिर्तन कार्यक्रमको आयोजना गरेको छ । पौवाले शिवरात्रीका दिन सम्पूर्ण शाखाहरुमा विशेष पूजाअर्चना गर्दै बेलुका ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने जनाएको छ ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संँगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराकासाथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको होटल पौवाका सिइओ कृष्ण गौतमले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क खुवाउनुका साथै संगीतमय भजन टोलिले शिवरात्रीका दिन बेलुका ५ बजेदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको होटल पौवाले बताएको छ ।

होटल पौवाका सम्पूर्ण शाखाहरुमा भजनकिर्तनको कार्यक्रम रहेको हुदा भालुवाङ शाखाका म्यानेजर श्याम न्यौपानेले यस क्षेत्रका सम्पूर्ण भक्तजनलाई भजनकिर्तनमा समावेश हुन अनुरोध गरेका छन् ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation