गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई ८० हजार भन्दा बढी मूल्य बराबरको सामाग्री हस्तान्तरण

दाङको राप्ती गाउँपालिकाले सडक दुर्घटना न्युनीकरण गर्न सोमबार अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुबाङ र सिसहनियाँलाई ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले मापसे चेकजाँच मेसिन २ थान, ट्राफिक ज्याकेट ८ थान, म्याजिक लाइट ४ वटा, ट्राफिक कोण २४ वटा, चेकिङ बोर्ड ८ वटा गरि ८१ हजार ७ सय मूल्य बराबरको ट्राफिक सामाग्री प्रदान गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख सुजनबिक्रम शाह र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख सुजनकुमार पन्तलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।                         

कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले राप्ती गाउँपालिका भित्र हुने गरेका विभिन्न सम्भाबित दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने उदेश्य राखि गाउँपालिकाले यी सामाग्री हस्तान्तरण गरेको बताए ।

सामाग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख शाहले मापसे गरेर सवारी साधान चलाउने चालकहरूलाई सचेत गराउने सम्भावित दुर्घटना न्युनीकरण गर्न ट्राफिक सामाग्रीले सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज पाैडेल, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, पुर्ब वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग बाणिज्य संघ भालुबाङका सचिब भरतमणी न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत बासुदेब खनालले गरेका थिए ।                                   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation