
भालुबाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले हराएको रानीहार फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
शुक्रबार बिहान ७ बजेको समयमा दाङको राप्ती गाँउपालिका वडा नं. १ आपखोली बस्ने २७ वर्षीया छमा सुनारले आफ्नो घरको सुत्ने कोठाको दराजमा राखेको ढाई तोलाको रानीहार चोरी भएको भनि प्रहरीलाई खवर गरेकी थिइन् ।
रानीहार चोरी भएको जानकारी पाए पश्चात प्रहरीको टोली उक्त स्थानमा गएर खोज तलास गरेको थियो । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजन शाहको कमाण्डमा गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त रानीहार सुनारको घरको पछाडी लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको थियो ।