शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

महाशिवरात्रिमा दाङको पाण्डेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आरधाना गरी आज महाशिवरात्रि मनाइँदैछ ।

आज बिहानैबाट मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।आजको दिन भग्वान शिवको मन्दिरमा विषेश पूजा आराधना गर्ने गरिन्छ । महाशिवरात्रिको दिन भारतबाट समेत दर्शनार्थीहरू आउँने गरेका छन् ।

शिवरात्रिको दिनदेखि नै मेला पनि लाग्ने गर्दछ । यसअघि शिवरात्रिको दिनमात्रै मेला लाग्ने गरेकोमा यो वर्ष भने दुई दिन मेला लाग्ने भएको छ ।

शुक्रबारदेखि सुरु भएको मेला आजसम्म लाग्ने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation