मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मुम्बईको अस्पतालबाट चन्द्र भण्डारीले भने – मेरो चिन्ता लिनुपर्दैन

काठमाडौं ।  ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा निकै सुधार हुँदै गएको छ । भण्डारी खतरामुक्त रहेका डाकटरले जनाएका छन् ।

मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको  र उनी बोल्न तथा हाउभाउ देखाउन सक्ने अवस्थामा रहेको उपचारमा संलग्न डाक्टरलाई उधृत गर्दै कांग्रेसका नेता तथा व्यवसायी योगराज कँडेलले बताएका छन् ।

शनिबार राती आफूले भण्डारीलाई भेटेर कुराकानी गर्ने क्रममा उनले ‘मेरो केहि चिन्ता लिनुपर्दैन’ भनेको कँडेलले उल्लेख गरेका छन् ।

यस्तै, भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने पनि डाक्टरले जानकारी दिएका छन् ।

गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर भएको आगलागिमा सांसद भण्डारी र आमा हरिकला भण्डारी घाइते भएकोमा आमा हरिकलाको निधन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation