देउखुरी । प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सिसहनियाको पाँचौं साधारणसभा तथा विशेष अधिवेशनबाट अध्यक्षमा भरतप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ ।
हालै सम्पन्न अधिवेशनबाट उपाध्यक्ष नारायणी पोख्रेल, सचिवमा तीर्थराज ज्ञवाली, कोषाध्यक्षमा लुमबहादुर गुरुङ, सदस्यमा मदन पोख्रेल, नारायण चौधरी, देवीराम शर्मा, तारा परियार, शिला चौधरी रहनुभएको छ ।
राप्ती गाउँपालिकाभित्र पर्ने वडा नं. ५, ७ र ८ का उपभोक्तालाई खानेपानी पुर्याउन थालिएको छ । हालसम्म एक हजार आठ सय ५० धारा जडान गरिएको छ । पाँच हजार घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य छ ।