
दाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन । जसपा संसदिय दलका नेता अहिरलाइ कृषि तथा भूमि व्यवस्था मन्त्रि नियुक्त गरिएको छ ।
यस अघि कृषि तथा भूमि व्यवस्था मन्त्रि नियुक्त भएका तुलसिराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्नेगरी नयाँ जिम्मेवारी तोकिएको छ । अहिरिले भोलि पद तथा गोपनियताको शपथ लिनेछन ।
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन । मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा बिस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन । कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाइ दिने सहमति भएको सो पार्टीले जनाएको छ ।
अब प्रदेशमा मुख्यमन्त्री सहित दश मन्त्रालय र ११ मन्त्री भएका छन । जस मध्य नेकपा एमाले मुख्यमन्त्री सहित ५ माओवादी केन्द्र ३, जनमत, राप्रपा र जसपामा १/१ मन्त्रि छन ।