बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रमोद खरेल सहितको उजुरीपछि विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । रेग्मीलाई नियन्त्रणमा लिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले पुष्टि गरे । साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध भने म्याद थप गर्न बाँकी रहेको छ ।

गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारहरु विरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation