
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ ।
फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए ।
नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेलमा जित निकाल्दै सिरिज विजेता बनेको हो । सिरिज अन्तर्गत आजभएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपालले ८ विकेट गुमाउँदै ३५ बल बाँकी छदै नेपालले लक्ष्य भेटाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अवजित सर्वाधिक ९५ रन जोडे । उनले १०१ बलमा ४ छक्का र ७ चौकाको मद्धतमा ९२ रन जोडेका हुन् ।
यस्तै करन केसीले ३७ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३१ रनमा अवजित रहे ।
नेपालले पहिलो विकेटकारुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ४ बलमा १ रन जोड्दै आउट भएका हुन् भने दोस्रो विकेटकारुपमा अर्का ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख २३ बलमा १२ रन जोड्दै आउट भएका हुन् ।
तेस्रो विकेटकारुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । मल्ल ३० बलमा २१ रन जोड्दै आउट भएका हुन् । यस्तै, चौथो विकेटकारुपमा कुशल मल्ललाई गुमाएको छ । उनी २८ बलमा १७ रन जोड्दै आउट भएका हुन् ।
नेपालले सन्दीप जोरालाई पाँचौ विकेटकारुपमा गुमाएको छ। उनी ८ बलमा १ रन जोड्दै आउट हुँदा छैटौं विकेटकारुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ । उनी १६ बलमा ७ रन जोड्दै आउट भएका हुन् ।
सातौ विकेटकारुपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो। सोमपाल ७ बलमा २ रन जोड्दै आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिदाँ करन केसीले ३ विकेट लिए ।
यस्तै ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।
नेपालले शुक्रबारको खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो भने नामिबियाविरुद्ध पनि दुई खेल नै जितेको थियो ।