
देउखुरी १८ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा द्वित्तिय स्व. अभिनेस भुसाल स्मृति कप महिला तथा पुरुष फुटबल खेल शुरु हुन लागेको हो ।
युनाइटेड लालमटिया फुटबल क्लबले आयोजना गर्न लागेको द्वित्तिय स्व. अभिनेस भुसाल स्मृति कप महिला तथा पुरुष दुबैले भाग लिन पाउनेछ्न ।
खेलमा पुरुष तर्फ प्रथम पुरस्कार नगद ५१ हजार एक सय एघार रुपैयाँ र कप, मेडल र प्रमाणपत्र, द्वित्तिय पुरस्कार २५ हजार पाँच सय पचपन्न र कप, मेडल र प्रमाणपत्र, बेस्ट प्लेयरलाई ट्रफी, बेस्ट स्कोररलाई ट्रफी, बेस्ट किप्परलाई ट्रफी र बेस्ट डिफेन्डरलाई ट्रफी त्यस्तै महिला तर्फ प्रथम पुरस्कार नगद ५ हजार रुपैयाँ र द्वित्तिय पुरस्कार नगद २ हजार पाँच सय रुपैयाँ पुरस्कार रासीको व्यवस्था गरिएको छ ।
खेलमा भाग लिने समुहले आफ्नो समुहको नाम यहि चैत्र २१ गते बेलुका ४ बजे सम्म मात्र दर्ता गराइ सक्नु पर्ने र खेल संचालन यहि चैत्र २२ गते दिउसोको १ बजेदेखि हुने तथा खेलमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले बताएको छ ।
उक्त खेलको लागि महिलाको लागि पाँच सय पाँच रुपैयाँ र पुरुषको लागि पाँच हजार एक सय पाँच रुपैयाँ इन्ट्री फि रहेको छ ।