शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नेपालमा कम्युनिष्ट पार्टी बीच एकताको विकल्प छैन : माकुने

भालुवाङ नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी एकताको विकल्प नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटिको पाँचौ पूर्ण बैठकको उद्घाटन – सत्रलाई आज सोमवार दाङको राप्ती गाउँपालिका ३ मसुरीयामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले २०७४ सालको निर्वाचनमा दुई तिहाई भन्दा बढी मत दिएर ठुलो पार्टी बनाएको स्मरण गर्दै नेपालमा कम्युनिष्ट पार्टीहरु बीच एकता हुन जरुरी रहेको बताए ।

उनले नेपाली जनताले कम्युनिष्टहरु बीचको एकता भएको हेर्न चाहेकोले नेपालमा कम्युनिष्ट पार्टीहरुको भविष्य राम्रो रहेको ठोकुवा गरे । अध्यक्ष नेपालले कम्युनिष्टहरुको एकताले नै देशलाई सहि दिशा तर्फ डोर्याउने बताउँदै मुलकको विकास र सम्वृद्धिका लागि सम्पुर्ण कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो । उनले कम्युनिष्ट पार्टी एकताका लागि आफु र आफ्नो पार्टीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

यसैबीच राप्ती गाउँपालिकामा नेपाली कांग्रेस पार्टी परित्याग गरी लक्ष्मी गिरी र प्युठान तरुण दलका सभापती सहित २ जना एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले दुवै जनालाई टिका माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टीका लुम्बिनी प्रदेश कमिटि अध्यक्ष सोमप्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकमा उपसचिव हरिप्रसाद घर्तीको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैठकको सहजीकरण पार्टीका लुम्बिनी प्रदेश कमिटिका सचिव राजु गुरुङले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation