मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा हात्तिपाईले रोग विरुद्धको औषधी सेवन सम्बन्धी सम्पूर्ण तयारी पूरा, विहिवार देखी खुवाइने

गढवा । गढवामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन सम्बन्धी आम समुदाय स्तरीय अन्तरक्रिया सहित सम्पुर्ण तयारी पुरा भएको छ ।

हात्तीपाईले रोग निवारणका लागि गढवा गाउँपालिकाले यही फागुन ११ गते बाट हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान सुरु हुन थालेको जानकारी दिएको छ ।

स्वास्थ्य शाखाले गढवा गाउँपालिका भरीका सबै ठाउँमा प्रचार प्रसार, अन्तरक्रिया गरिरहेको जनाएको छ ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाले पालिकाभर औषधी खुवाउने स्थलको सुचि सार्वजनिक गरेको छ । स्थानीय स्तरमा अधिक भन्दा अधिक व्यक्तिलाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियानमा सहजता ल्याउनको लागि पालिका भरीको सेन्टरहरुको सुचि सार्वजनिक गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

जस अनुसार गढवा स्वास्थ्य चौकी अन्तर्गतका स्थानहरू शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल, ज्ञिन ज्योति इङ्लिश बोर्डिङ स्कुल, बुद्ध ज्योति इङ्लिश बोर्डिङ स्कुल, बालाखुटी आवि, दुर्गा आवि मनिकापुर, बखल संसार एकेडमी, रामपुर मदरसामा त्यसैगरी चन्दनपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत बाल जनता माविको प्राङगण, चन्दनपुर चोक, मानपुर चोक लाई केन्द्रविन्दु बनाएर औषधी खुवाउने तयारी गरेको छ ।

त्यसैगरी कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत महेन्द्र आवि, डांडा गांँउ र गोबरडिया स्वास्थ्य चौकी अन्तर्गत रनसिङ प्रावि, कालाकाटे जनता माध्यमिक विद्यालय, आदर्श निमावि बनघुस्री, आदर्श प्रावि बडहरा, डिवेल इङ्ग्लिस बोर्डिङ स्कुल, महदेवा स्वास्थ्य इकाई अन्तर्गतका पचाहा मावि पचहिया, कोठरी बैठक भवन,बघमरमुवा चर्चघर नजिक, नमुना प्रावि महदेवा, सुपैला प्रावि, नेपाल बोर्डिङ स्कुल, सरस्वती मावि गोबरडिया, राप्ती प्राबिधिक शिक्षालय, प्रसेनी आधारभुत स्वास्थ्य इकाई केन्द्र अन्तर्गत दिपेन्द्र हैमजुन प्रसेनी, कालिका प्रावि प्रसेनी, राप्ती साउथन रामनगर, मुना मिलन बोर्डिङ स्कुल उठैया, कटियानगाँउमा स्वास्थ्यकर्मी द्वारा औषधी खुवाइनेछ ।

त्यसैगरी गंगाप्रसपुर स्वास्थ्य चौकी चैनपुर अन्तर्गत मावि चैनपुर, प्रावि खज्रौटामा खुवाइने गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो ।

हात्तीपाइले शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरुको भनाइ छ ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी आमाहरू, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु नहुने गढवा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

हात्तीपाइले विरुद्धको औषधिले मानव स्वास्थ्यमा कुनै हानी नगर्ने भएकोले निर्बाध औषधि सेवन गर्न सबैमा अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation