
दाङ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीले लघुवित्तिय संस्था र मिटरब्याजीेलाई प्रतिबन्ध लगाइएको घाेषणा गरेको छ ।
नेपाल कम्यूनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीका सेक्रेटरी प्रकाश सीले मंगलबार लघुवित्तिय संस्था र मिटर व्याजीेलाई प्रतिबन्ध गरेको एक विज्ञप्ति जारी गर्दै यस्तो घाेषणा गरेको हो ।
लघुवित्तीय संस्था र मिटरव्याजीहरुको चरम अन्याय र अत्याचारको डटेर प्रतिरोध गर्न र घर,घरमा किस्ता उठाउन नजान उक्त विज्ञप्तीद्वारा अनुरोध समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ,’लघुवित्तीय संस्था र मिटरव्याजीहरुको यस ३ नं. जिल्ला देउखुरीले प्रतिबन्ध लगाउदै कुनै पनि कर्मचारी घर घरमा किस्ता उठाउन नजान अनुरोध गर्दछौँ । यदि अटेर गरेर गएमा यसबाट निस्कने परिणामको जिम्मेबार आफै हुने व्यहोरा जानकारी गराउन चाहन्छौं ।’ लघुवित्तीय र मिटरव्याजीको कारण आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरुको परिवारलाई नेपाल सरकारले राहतको व्यवस्थापन गर्नु पर्दछ । साथै जनतालाई ज्यान गुमाउन बाध्य पार्ने संघ,संस्था र मिटरव्याजीहरुलाई अपराधि तथा हत्यारा घोषणा गरि कारवाही गर्न माग गर्दछौं । चर्को ब्याज १ अंकमा नझारे यस्ता जन अपराधि संघ,संस्थाहरुलाई खारेज गर्नु पर्दछ विज्ञप्तिमा उल्लेख रहेको छ ।
लघुवित्तिय संघ,संस्था र मिटर व्याजीेलाई प्रतिबन्ध गरेकाे प्रेस विज्ञप्तिकाे पूरा पाठ यस प्रकार छ :
आदरणिय जनसमुदायहरु दलाल पुँजीवादी राज्यसत्ताको संरक्षणमा रहेर लघुवित्तिय संघ संस्था र मिटर व्याजीहरुले आम श्रमिक जनतामाथि आर्थिक शोषण गरिरहेको छ । यस्ता क्रियाकलापप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । लघुवित्तिय संघसंस्था र मिटर व्याजीको कारण कयौं जनताले ज्यान गुमाई सकेका छन् । यसरी जनतामा लुट मच्चाई रहँदासम्म पनि दलाल सरकार नियम र कानूनको दुहाई दिदै जनताका अपराधिहरुलाई प्रोत्साहन गरिरहेको छ । गरिब जनताहरु गाउँघरबाट विस्थापित भइ सडक पेटिमा बस्न बाध्य भइरहेका छन् । पीडित जनतालाई न्याय दिनुको सट्टा सरकारले दमन गरिरहेको छ । लघुवित्तिय संस्था र मिटर व्याजीहरुको चरम अन्याय र अत्याचारको डटेर प्रतिरोध गर्नु पर्छ । लघुवित्तिय र मिटर व्याजीको कारण आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरुको परिवारलाई नेपाल सरकारले राहतको व्यवस्थापन गर्नु पर्दछ । साथै जनतालाई ज्यान गुमाउन बाध्य पार्ने संघ संस्था र मिटर व्याजीहरुलाई अपराधि तथा हत्यारा घोषणा गरि कारवाही गर्न माग गर्दछौँ । चर्को ब्याज १ अंकमा नझारे यस्ता जन अपराधि संघ संस्थाहरुलाई खारेज गर्नु पर्दछ । लघुवित्तिय संस्था र मिटर व्याजीहरुबाट उत्पन्न समस्या प्रति नेपाल सरकार गैर जिम्मेबार भएको कारण हाम्रो जन प्रिय पार्टी नेपाल कम्यूनिष्ट पार्टी गम्भिर हुँदै लघुवित्तिय संस्था र मिटर व्याजीेहरुको यस ३ नं. जिल्ला देउखुरीले प्रतिबन्ध लगाउदै कुनै पनि कर्मचारी घर घरमा किस्ता उठाउन नजान अनुरोध गर्दछौँ । यदि अटेर गरेर गएमा यसबाट निस्कने परिणामको जिम्मेबार आफै हुने व्यहोरा जानकारी गराउन चाहाँन्छौं ।