बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

जनता आधारभूत विद्यालय करङ्गेकाेटमा शाेक सभा सम्पन्न, गाउँपालिका अध्यक्ष विष्ट द्वारा घटना प्रति दु:ख व्यक्त

सिसहनियाँ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकोटमा बुधबार शाेक सभा सम्पन्न गरिएको छ ।

विद्यालयकाे आयोजनामा कक्षा ७ मा अध्ययनरत छात्रा सरीता थापा मगरको मृत्युु भएको ३ औ दिनमा साे शाेक सभा सम्पन्न गरिएको हाे । गत माघ २६ लालमटियामा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा सहभागी हुन जाने क्रममा लु ४ प ५१०१ नम्बरको गुडिरहेको ट्याक्टर बाट खसेर गम्भीर घाइते भएकी उनीकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारै क्रममा फागुन ७ गते मृत्यु भएको थियाे ।

शाेक सभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट प्रमुख आतिथ्यता र चेतना विकास फाउन्डेसन भक्तपुरका अध्यक्ष तथा जीवन मूल्य शिक्षा कार्यक्रमका प्रशिक्षक कमल सिलवालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे अवसरमा अध्यक्ष विष्टले छात्रा सरीता थापा मगरकाे मृत्यु प्रति दु:ख व्यक्त गर्दै उनीकाे मृत्युको खबरले सिङ्गो पालिका नै स्तब्ध भएको बताउनु भयो ।दुर्घटना अकल्पनीय रुपमा हुने भएकाले जुनकुनै काम गर्दा पनि सावधानी अपनाएर काम गर्नुपर्ने उहाँको भनाइ रहेको थियोे ।

त्यस्तै विशिष्ट अतिथ सिलवालले मृतक सरिता प्रति दु:ख व्यक्त गर्दै उनको सम्झनामा सरिता सचेतना क्लब गठन गरि हरेक प्रकारका दुर्घटनाबाट बच्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न विद्यालय परिवारलाई सुझाव दिनु भएको थियोे ।

विद्यालयका शिक्षक बाेधिलाल बुढा मगरले मृतक सरिता थापा मगर एक मेहनति, अनुशासित, इमानदार, मिलनसार विद्यार्थी भएको चर्चा गर्दै उनको मृत्युले विद्यालयलाई ठुलो क्षति पुगेकाे बताउनु भयो । साे शाेक सभा कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्यहरु, अभिभावक तथा विद्यार्थीहरूकाे उल्लेख्य सहभागीता रहेको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation