मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाले हात्तीपाइले राेग विरुद्ध औषधी सेवन अभियान सञ्चालन गर्दै, मुख्य मन्त्री गिरीले औषधी सेवन गरि कार्यक्रमको उद्घाटन गर्ने

सिसहनियाँ । दाङको राप्ती गाउँपालिकाले हात्तीपाइले राेग विरुद्ध औषधी सेवन गराउने भएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले औषधी सेवन गरेर कार्यक्रमको उद्घाटन गर्ने भएका छन ।

गाउँपालिकाको आयोजनामा फागुन ११ गते देखि हात्तीपाइले रोग (फाइलेरिया) विरुद्ध औषधी सेवन गराउन लागेको हो । गाउँपालिकाकाे स्वास्थ्य शाखा प्रमुख नारायण रावतका अनुसार राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम २०७९ अन्तर्गत आम औषधी सेवन अभियान सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाले सबै स्थानीय बासिन्दालाई सो औषधी सेवन गर्नको लागि अनुरोध गरेकाे छ । स्थानीय बासिन्दालाई हात्तीपाइले रोगबाट बचाउनका लागि सो अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य शाखा प्रमुख रावतले जानकारी दिनु भएको छ ।

यसै बिच बिहीबार लुम्बिनी प्रदेका मुख्य मन्त्री लिला गिरीले हात्तीपाइले राेग विरुद्धको औषधी सेवन गरेर कार्यक्रमको उद्घाटन गर्नु हुने भएको छ ।पालिकाकाे वडा नम्बर ८ काे शंकर मावि पिपरीमा विहान १० बजे कार्यक्रमको उद्घाटन गरिन लागेको स्वास्थ्य शाखा प्रमुख रावतले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation