शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा अलपत्र रहेको दाेलाई खाेला पुलको स्थलगत अवलोकन

सिसहनियाँ । राप्ती गाउँपालिकाको निरन्तर पहल पछि बिगत २ बर्ष देखि अलपत्र रहेकाे राप्ती गाउँमापालिका वडा नम्बर ८ बिजौरी देखि वडा नम्बर ४ काे नयाँगाउँ जोड्ने पक्की पुलको निर्माण कार्य पुन: सुचारू भएको छ ।

पुल जयबुद्ध विराट जेभी कम्पनी काठमाडौंले वि.सं. २०७७ साल ४ महिना २९ गते ५ करोड २० लाख ६ सय ८७ रुपैयाँ ३४ पैसामा ठेक्का सम्झौता गरि काम सुरुवात गरेकाे थियोे । सम्झौता भएको मितीले १८ महिना सम्म काम सम्पन्न गर्नु पर्ने भएता पनि कम्पनीले लामाे समय सम्पन्न पुलको निर्माण कार्य अलपत्र पारेको थियोे ।

पुलकाे लम्बाई ७० मिटर र चाैडाई ११ मिटर रहने बताइएको छ।यसै बिच बुधबार निर्माणाधीन पुलको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थलगत अवलोकन गर्नु भएको छ । अवलोकन पश्चात् अध्यक्ष  विष्टले निर्माण व्यावसायीलाई यस बर्षको बर्षात शुरु हुनुभन्दा अगाडि नै पुलकाे निर्माण कार्य सम्पन्न गर्न सुझाव दिनु भएको छ ।

त्यस्तै अध्यक्ष विष्टले अब पनि निर्माण कार्यमा ढिलासुस्ती गरि समयमै योजना सम्पन्न नगरे कानुन अनुसार कार्वाहीका लागि आफुले माथिल्लो निकायमा सिफारिस गर्ने समेत जानकारी गराउनु भएको छ । उता निमार्ण कम्पनीका प्रतिनिधि छवि प्रसाद भट्टराईले भने जसरी भए पनि यसै आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि तिव्र गतिमा काम भई रहेको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation