मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रुपन्देहीमा गोलि हानेर फरार भएका पेस्तोलसहित २ जना पक्राउ

बुटवल । प्रहरीले गत साउन २९ गते रुपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय विकाश गुरुङ्ग माथी गोलि प्रहार  गरेर फरारमध्ये २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका वडा-४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) रहेका छन् ।

मुख्य शूटर कृष्ण भुज भने पक्राउ परेका छैनन् । उनीहरुको साथबाट प्रहरीले मेड ईन युएसए लेखेको अटोमेटिक पेस्तोल र चोरी भएको मोबाइल फोनसमेत बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

रेष्टुरेण्टमा पसेर ३ जनाको समूहले हतियार देखाई नगद, सुनका गरगहना र मोबाइलसमेत लुटपाट गरी भाग्ने व्यक्तिलाई पिछा गर्दै गएका २८ वर्षीय विकास गुरुङ्गमाथि उनीहरुले गोली प्रहार गरेका थिए ।

एकै मोटरसाईकलमा सवार ३ जनामध्ये बिचमा बसेका कृष्ण भुजले गुरुङ्गमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी अर्यालले बताए । अहिले गुरूङको अवस्था सामान्‍य छ ।

पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation