भालुबाङ । देउखुरीकाे भालुवाङमा हुन गईरहेकाे पाँचाैँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ का प्रेस संयाेजकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता नियुक्त भएका छन् ।
संघकाे आज शनिबार बसेकाे बैठकले पत्रकार गुप्तालाई प्रेस संयाेजकमा नियुक्त गरेकाे संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । महाेत्सवकाे सम्पूर्ण गतिबिधि सार्वजनिक गर्न तथा मिडिया तथा पत्रकारहरू संग सहकार्य गर्न प्रेस संयाेजक नियुक्त गरिएकाे संघले जनाएकाे छ ।












