मङ्लबार, माघ २८, २०८२

नयाँ बस्ती काे नाम परिवर्तन गरि संसद राेड समृद्धि टाेल राखिने

सिसहनियाँ । राप्ती गाउँपालिका वडा नम्बर ८ अन्तर्गत रहेकाे संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको बैठक शनिबार सम्पन्न भएको छ ।

बैठक टाेल विकास संस्थाका अध्यक्ष शंसेर बहादुर केसीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेकाे छ । बैठकले हाल रहेको संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको नाम परिवर्तन गरि संसद राेड समृद्धि टाेल विकास संस्था राख्ने र साे काे जानकारी वडा कार्यलयमा गराउने निर्णय गरेकाे छ ।

त्यस्तै बैठकले टाेलकाे नक्सा सहित सिमा क्षेत्रमा वाेर्ड राख्ने, टाेलका विभिन्न बाटो क्षेत्रमा बिजुलीकाे तार व्यवस्थित नहुँदा ठुला यातायातका साधन आवतजावतमा समस्या रहेकोले त्यसलाई व्यवस्थित गर्न नेपाल विद्युत प्रविधिकरणकाे शाखा कार्यलय लमही लाई अनुराेध गर्ने निर्णय समेत गरेकाे छ । बैठकमा संस्थाका सम्पूर्ण सदस्यहरु तथा टाेल बासीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation