गढवा । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापनका लागि ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
शनिबार समपन्न बैठकले गढवा गाउँपालिका भित्र रहेका क्रियाशील सहकारी संस्थाहरुलाई समेटेर ५ दिने लेखा तथा पल्स वित्तीय बिश्लेशण तालिम सञ्चालन गर्ने निर्णय गरेको सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो ।
साथै गढवा गाउँपालिकाले सञ्चालन गर्न लागेको कोपोमिस तालिममा गढवा गाउँपालिका भित्र रहेका सबै क्रियाशील सहकारी संस्थाहरु लाई सहभागी गराउका लागि अनुरोध गर्ने निर्णय भएको अध्यक्ष गहतराजले बताउनुभयो ।
बैठकमा सह सचिव रेखा थापा, कोषाध्यक्ष अशोक केसी, सदस्यहरुमा दामोदर ढुङगाना, रिना कुमारी चौधरी, कमल कुमारी कुमाल, सल्लाहकारहरुमा हेम राज अधिकारी, तुला बहादुर सिंह ठकुरी र प्रेस सल्लाहकार उमानाथ यादवको उपस्थिति रहेको थियो ।