मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

जग्गा फुकुवा हुँन अब धेरै कुर्नु नपर्ने : मुख्यमन्त्री के सी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानीको जग्गा फुकुवाको लागि अब धेरै कुर्नु नपर्ने बताएका छन् ।

शुक्रबार दाङको राप्ती गाउँपालिकामा प्रदेश पुर्वधार विकास प्राधिकरण जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् । जग्गा फुकुवा गर्न कुनै समस्या छैन तर तत्काल जग्गा फुकुवा गर्दा बुटवल, नेपालगन्जका नागरिकले तपाईंहरूले खानाबस्न दिदैनन् उनले भने ।

देउखुरीको जग्गा बिक्री गरेर तपाईहरू पक्कै बाहिर जानू हुन्न होला त्यसैले २ वर्ष सम्म तपाईहरूले जसरी धैर्य गर्नु भयो अब केही दिन धैर्य गर्नुस् जग्गा फुकुवा बिस्तारै हुन्छ उनले भने । धान काटिसकेपछि असोज २० गते देखि खेतखेतमा फिता लगाउने काम सुरू गरि जग्गा फुकुवाको प्रकृयामा जाने उनले बताएका छन् ।

त्यस्तै उनले मुख्यमन्त्रीको कार्यालय पनि बिस्तारै स्थायी राजधानीमा आउने बताएका छन् । यसै बीच उनले जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालयबाट अब सवै काम हुने बताएका छन् । यता कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्रीको कार्यालय यथाशीघ्र ल्याउन माग गरेका छन् ।

उनीहरूले मुख्य मन्त्रीको कार्यालय स्थायी राजधानीमा नआउँदा अरू मन्त्रालयहरू पनि आउन नमानेको र आएका मन्त्रालयहरूमा पनि कर्मचारी बस्न नमान्ने गरेको भन्दै अब यथाशीघ्र मुख्यमन्त्रीको कार्यालय स्थायी राजधानीमा ल्याउन उनीहरूले माग गरेका हुन् ।

साथै उनीहरूले लामो समय देखि रोक्का भएको जग्गा फुकुवा गर्न पनि उनीहरूले माग गरेका छन् । जग्गा रोक्का हुँदा दैनिक जिवनयापनमा समस्या भएको भन्दै जनताको रोजीकोटीमा ध्यान दिन सुझाव दिएका छन् । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्रीको कार्यालय राख्न प्रशासनिक भवन समेत आफुहरूले खाली गरिसकेको र मुख्यमन्त्रीको कार्यालय उद्घाटन गर्न आतुर रहेको बताएका थिए ।

प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारू, सितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पाैडेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल शर्मा, राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश पुर्वधार विकास प्राधिकरणका शाखा प्रमुख रमेश शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन लोकबहादुर केसीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation