
राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको आयोजनामा मौलिक तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसका संकाय प्रमुख भेषबहादुर बुढाथोकीको अध्यक्षता तथा सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली को प्रमुख आतिथ्यता एवं शिक्षक आनन्द लामीछाने र तुल्सीराम पौडेलको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।
हाम्रो समाज अनि गाउँ ठाउमा संस्कार र संस्कृती हराउदै गएको र सो संस्कार र संस्कृतिलाइ संरक्षण गर्नको लागि मौलिक तिज बिशेष कार्यक्रम राखिएको सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालिले बताउनु भयो ।
उक्त कार्यक्रममा चार वटा समुहले भाग लिएका थिय, जस मध्ये रिमा घर्ती मगरको समुह प्रथम, सुनिल वाकवल मगरको समुह दोस्रो, सोनिया रोका मगरको समुह तेस्रो र नविता पोख्रेलको समुह सान्त्वना स्थान हाँसिल गर्न सफल भएको थियो । बिजेता हुँने समुहलाइ प्रमुख अतिथि बिक्रान्त ज्ञवाली र अध्यक्ष भेष बहादुर बुढाथोकीले टीका र पुरस्कार दिदै सम्मन गर्नु भएको छ । कार्यक्रमको निर्णयक मण्डल मा आनन्द लामिछने संयोजकमा तुल्सिराम पौडेल र तुल्सा वलि रहनु भएको थियो ।
बि एड तेस्रो बर्षमा अध्ययनरत छात्र बिनोद बेल्बासेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा देउखुरी टुडे डट कमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र विद्यार्थी कल्याणकारी समितीका अध्यक्ष ध्रुव बेल्बासेले आफ्नो मन्तव्य राख्नु भएको थियो र कार्यक्रममा सोही क्याम्पसका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन छात्र प्रकाश जेठारा र छात्रा संगीता भण्डारिले गर्नु भएको थियो । प्रशिक्षार्थी देबका न्यौपानेले तयार पारेको रिपोर्ट