
काठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछाने बारेको मुद्धा हेर्दा हेर्दैमा परेको छ ।
आज भएको बसमा सरकारी पक्षका वकिलले बहस सकेका छन् भने सन्दीप पक्षका वकिलको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । अब यस मुद्धाको सुनुवाई सोमबार हुनेछ ।
सन्दीपले उच्च अदालतको आदेशको बिरुद्धमा क्रिकेट खेल्नका लागि वदेश जान पाउनुपर्ने माग राख्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ आज पेशी तोकिएको थियो ।
आज सन्दीपको यो मुद्धाको पेशी न्यायाधिश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाई भएको थियो ।
शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाई तोकिएको थियो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ आज पेश गर्न आदेश दिएको थियो ।