
दाङ । लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।
यस अघि माघ २० लुम्बिनी प्रदेशसभाको बैठक गते बसेको थियो । आगमी बैठक झण्डै एक महिनापछि बस्न लागेको हो ।