बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चीर ठडिएपछि काठमाडौंमा होली पर्वको रौनक शुरु

काठमाडौँको वसन्तपुरमा नेवार समुदायले विधिपूर्वक आज सोमबार चीर ठड्याएपछि यहाँ होली पर्वको रौनक शुरुभएको छ । असत्यमाथि सत्यको विजय भएको दिवसको रुपमा फागु पूर्णिमा मनाउने परम्परा रहेको छ ।

वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेर ४५ मिनेटको शुभ समयमा चीर ठड्याइएको हो । बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले शृंगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको सो समुदायका अगुवाले बताएका छन् ।

चन्द्रमास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली फागुन २२ गते काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा मनाइँदै छ । त्यस्तै, फागुन २३ गते  तराईका जिल्लामा यो पर्व मनाइने छ ।  धार्मिक ग्रन्थ अनुसार हिरण्यकश्यपुले विष्णुका परम भक्त प्रल्हादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । आगोले प्रल्हादलाई नजलाएर होलिकालाई भष्म बनाएको थियो । भगवान विष्णुको कृपा बालक प्रल्हादमा भएकै कारण उनको विजय भएको थियो । त्यही विजयको उत्सवलाई अविर, रंग लगाएर हिन्दु समुदायले  यो पर्व मनाउने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation