बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पसको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा विनोद 

भालुवाङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाकाे प्रथम सम्मेलन आइतबार सम्पन्न भएकाे छ ।

सम्मेलनले विनाेद कुमार साेनीकाे अध्यक्षतामा २१ सदस्य मूल इकाइ कमिटी गठन गरेकाे छ ।

जसको वरिष्ठ उपाध्यक्षमा टिकाराम रावत,उपाध्यक्षहरूमा आकाश केसी, फरिदा प्रविण, साेनिया निशा चयन हुनु भएको छ। त्यस्तै सचिवमा केशव भण्डारी, सह-सचिव प्रविण खत्री, ओमकुमारी विक, मदन केसी, अदिप गिरी रहनु भएको भने काेषाध्यक्षमा सुनिल बागवल चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा निसिता घिमिरे सरस्वती गाैतम, रूविणा रेगम, श्रीजना पाेख्रेल रहनु भएको भएको छ ।

भेलाले विभिन्न विभागहरुका प्रमुख तथा उपप्रमुखहरु जिम्मेवारी समेत ताेकेकाे छ ।

जस अन्तर्गत छात्रा विभाग प्रमुखमा शारदा शर्मा, उपप्रमुखमा सुहाना निशा लाई जिम्मेवारी ताेकेकाे छ ।

त्यस्तै खेलकुद विभाग प्रमुखमा निश्चल थापा, उपप्रमुखमा खेमराज थापा, लक्ष्मी रानालाई जिम्मेवारी प्रदान गरेको छ भने प्रचार विभाग प्रमुखमा मनिषा खनाल, समन्वय विभाग प्रमुखमा सपना सुनार र उपप्रमुखमा साजना एमसीलाई जिम्मेवारी प्रदान गरेको छ ।

सम्मेलन क्याम्पस कमिटी इञ्चार्ज भुवन केसीकाे अध्यक्षता एवम् अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला सचिव गाेविन्द मल्ल, नेता सुरेन्द्र भारती लगायतले बाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन अखिल (क्रान्तिकारी)राप्ती गाउँपालिका संगठनका सचिव प्रदीप सुनारले गर्नुभएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation