सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भालुवाङमा सम्पन्न, अध्यक्षमा – गैरे

भालुवाङ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आज भालुवाङमा सम्पन्न प्रथम अधिवेशनले थानप्रसाद गैरे (पश्चिम नवलपरासी) गैरेको अध्यक्ष्यतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा हस्तबहादुर गुरुङ (दाङ) , महासचिव सालिकराम भण्डारी (रुपन्देही) , सचिव मार्कन्दै भण्डारी (गुल्मी) , कोषाध्यक्ष उषा थापा (बाँके) रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा केशव न्यौपाने रुपन्देही, रिता अर्याल रुपन्देही, अनिसा पौडेल रुपन्देही, कमानसिंह वली बर्दिया, कृष्णाकुमारी शर्मा पाल्पा, लैनीकला रेग्मी कपिलवस्तु, नुना बहादुर बिसी कपिलवस्तु, नारायण पाण्डे पश्चिम नवलपरासी, कमला न्यौपाने भुसाल अर्घाखाँची, बलदेव मल्ल दाङ, उमा बस्नेत दाङ, मिश्रीलाल गुप्ता दाङ, भगवती अधिकारी बाँके, चन्द्रभरण थामी रोल्पा लाई सर्वसम्मत चयन हुनु भएकाे छ ।

अधिवेशनले रेश्मीराज अधिकारी कपिलवस्तुलाई लेखा समितीको संयोजक र कञ्चन गौतम बाँके लाई लेखा समितिको सदस्यमा चयन गरिएको छ । प्रथम अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश खानेपानी तथा ग्रामीण शहरी विकास मंत्री माननीय चेतनारायण आचार्यले गर्नु भएको थियो । आफ्नो उद्घाटन भाषणमा उहाँले शुद्ध र स्वच्छ पिउने पानी सर्वसुलभ तरिकाले प्राप्त गर्नु सबै नागरिकको मौलिक अधिकार भित्र पर्दछ भन्नु हुंदै प्रदेश भित्र हजारौं शहरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शुद्ध र स्वच्छ पिउने पानी पुर्याउन प्रदेश सरकारले अहम भूमिका खेल्नु पर्ने र संघीय सरकारबाट पनि आर्थिक तथा प्राविधिक लगानी हुनु पर्ने खाँचो औंल्याउनुभयो ।

महासंघका प्रदेश अध्यक्ष थानप्रसाद गैरेको सभापतित्व र सावित्रा रेग्मीको सञ्चालनबाट शुरू भएकाे उद्घाटन समारोहमा डिभिजन ग्रामीण खानेपानी तथा ढल निकास कार्यालय बाँकेका इन्जिनियर तिलक न्यौपाने, राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य राम मल्ल ठकुरी, भालुबाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष हस्तबहादुर गुरुङ, रोल्पा जिल्ला अध्यक्ष तिर्थ आचार्य, भालुबाङ होटल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सहिद प्रति एक मिनेट मौनधारण र राष्ट्रिय गीत तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष ध्रुवसिंह ठकुरीको स्वागत मन्तब्य र कमला न्यौपानेको स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation