सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

माओवादी केन्द्र गढवा कमिटीको दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु

गढवा । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु गरेको छ ।

नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ६ कमिटिका अध्यक्ष महेश कुमार अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्याेपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

“सोच, संरचना र शैलिलाई बदल्दै आफुलाई रुपान्तरण गराै, जन सम्बन्ध सुदृढीकरण गर्दै शक्तिसालि पार्टि निर्माण गराै” भन्ने मुलनाराका साथ अभियान सञ्चालन गरिएको छ ।

लुम्बिनी प्रदेश दाङ जिल्ला समन्वय समितिको निर्देशन अनुसार गढवा गाउँपालिकामा दुई महिनेबैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान लाई तिब्रता दिएको माओवादी केन्द्र गढवा गाउँपालिका ६ नम्बर वडा कमिटिका अध्यक्ष महेश कुमार अधिकारीले जानकारी दिनु भयो । माओवादी केन्द्रले अभियान कै रुपमा पार्टी कमिटिहरुमा राजनीतिक तथा बैचारिक प्रशिक्षण चलाउने छ ।

रुपान्तरण, सुदृढीकरण, विस्तार, नेतृत्व तथा कार्यकर्ताको रुपान्तरण, संगठन र जनसम्बधको सुदृढीकरण, पार्टी संगठनको विस्तार लगाएतको काम लाई बिशेष जोड दिने बताइएको छ ।

कार्यक्रममा अहिले सम्म भएका काम काजको बारेमा समिक्षा गर्दै आगामि रणनीतिका बारेमा छलफल गरिएको हो । कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्याेपाने, लुम्बिनी प्रदेश सदस्य यमनारायण शर्मा पोख्रेल, बिरेन्द्र चौधरी र गिता यादव, गाउँपालिका कमिटि सदस्य तुलसी राम चौधरी, नेत राज आचार्य, ओम प्रसाद चौधरी सल्लाहकार जित बहादुर आले, जोख बहादुर पुन, माओवादी केन्द्र गढवा गाउँपालिका ६ नम्बर वडा कमिटि अध्यक्ष महेश अधिकारी, उपाध्यक्ष मनिशा चौधरी कुमाल, सचिव तिलक परियार,गंगाराम यादव लगाएतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण माओवादी केन्द्र ६ नम्बर वडा कमिटि सचिव तिलक परियारले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation