दाङ । राप्ती गाउँपालिकाले भाद्र १२ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
भाद्र १२ गते आइतबार थारु जातिको बड्का अत्तवारी पर्वको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको हो ।
गाउँपालिकाले सूचना प्रकाशन गर्दै यस गाउँपालिका क्षेत्रभित्र गाउँपालिका वा अन्र्तगतका कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्था तथा संस्थामा गाउँपालिकाको भाद्र १० गतेको निर्णयनुसार सार्वजनिक बिदा दिने भएको छ ।
त्यसै गरी लुम्बिनी प्रदेश सरकारले आइतबार थारु जातिको बड्का अत्तवारी पर्वको अवसरमा दाङ, बाँके र बर्दिया जिल्लामा यो पर्व मान्ने थारु जतिका लागि बिदा दिने भएको छ ।