भालुबाङ्गमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

दाङ देउखुरीको भालुवाङमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको आशाका किरण संस्था र राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको संयुक्त आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लमही र होटल पौवाको प्राविधिक सहयोगमा भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा खुल्ला रक्तदान कार्यक्रम भएको हो ।                                                                   

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा महिला, पुरूष गरि ५२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र दाङका प्राविधिक प्रमुख ठाकुर पाैडेल, रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिषा चन्द, प्राविधिकहरू सिमा वली, दिलिप चाैधरी र लमही अस्पतालका ल्याप ट्याक्निसियन श्रीजन पाैडेलले सेवा दिएका थिए ।                                                             

राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरि खड्काको अध्यक्षता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सानो रगत दानले कसैको ज्यान बाँच्छ भने रक्तदान गर्न आवश्यक रहेको बताएका थिए ।

रक्तदानले शरिरमा कुनै असर नभई तीन तीन महिनामा शरीर आफैले नयाँ रगत उत्पादन गर्ने भएकोले पनि रगत खेर जान दिनु भन्दा दान गर्नु पुन्यको काम भएको बताएका थिए ।  कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका अध्यक्ष  अशोक बेल्वासेले गरेका थिए ।                                                                           

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation